२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप : नामिबिया पहिलो पटक सुपर-१२ मा, प्रतियाेगिताका मुख्य खेलहरू आजदेखि शुरू



अ+ अ-

नामिबिया पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ ।

यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटले विजयी बन्यो ।

१२६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्‍यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए ।

यस्तै, समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको थियो । शारजाहमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ४४ रन मात्र बनाएको थियो ।

जवाफमा श्रीलंकाले ७७ बल बाँकी छँदै ७ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको थियो ।

आजदेखि टी२० विश्वकपका मुख्य खेलहरु शुरु हुँदैछन् । पहिलो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा दोस्रो खेल इङल्यान्ड र वेस्ट इन्डिजबीच हुनेछ ।

अब विश्वकपका खेलहरु दुई समूहमा विभाजन गरेर खेलाइने छ । पहिलो समूहमा इङल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र नामिबिया रहेका छन् भने दोस्रो समूहमा अफगानिस्तान, पाकिस्तान, भारत, न्यूजील्यान्ड, बंगलादेश र स्कटल्यान्ड रहेका छन् ।

यी खेलहरू दुबई, शारजाह, अबुधाबी र ओमानको मस्कटमा हुँदैछन् ।

समूह क समूह ख
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका बंगलादेश
नामिबिया

स्कटल्यान्ड