१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कमजोर होइन, एकीकृत भएर झनै बलियो भएको छः उपमहासचिव पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेको मतको अपमान गर्नेहरु पार्टीबाट बाहिरिएको बताउनु भएको छ । 

नेकपा एमाले ललितपुर महानगरपालिका वडा नं १८ को अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले केही स्वार्थी तत्वहरु बाहिरिएपछि पार्टी शुद्धीकरण भएको बताउनुभयो । 

अनुशासनहीन र अराजक हिसाबले पार्टी सञ्चालन हुन नसक्ने भन्दै उहाँले अब एमाले एकलै बहुमत ल्याउने हिसाबले अघि बढ्ने  जानकारी गराउनु भयो । 

उहाँले भन्नुभयो, एमाले कमजोर भएको छैन, शरीरको केही मैलो मात्र गएको हो, आत्तिनु पर्ने अवस्था छैन । अहिले पनि एमाले कमजोर पार्ने खेल भइरहेको भन्दै उहाँले आफू बलियो बने अरुले कमजोर पार्न नसक्ने बताउनु भयो ।

नेता पौडेलले संगठनलाई व्यवस्थित र गतिशील बनाउँदै जनतासँगको सम्बन्धलाई जीवन्त बनाउने अभियानमा आफूहरु रहेको उल्लेख गर्दै जनताको मन जित्ने काम गर्न निर्देशन दिनुभयो । 

वर्तमान सरकार निर्माण कसरी भएको भन्ने कुराको भेदहरु खुल्दै गएको उल्लेख गर्दै उहाँले यो सरकारले केही पनि गर्न नसक्ने बताउनुभयो । एमाले केही समयका लागि मात्र सिंहदरबारबाट बाहिरिएको र फेरि जनताको मत सहित बहुमत लिएर सरकार चलाउने उहाँले जिकिर गर्नुभयो ।