१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा कालिजपालनको लहर



अ+ अ-

म्यादी । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ ।  विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानुनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ । केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज ९वनकुखरा० को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ ।

भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गर्नुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो व्यावसायिक सफलता मिलेको बताउँछन् । “पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन गरेको देखेर रुचि बढेको थियो”, उनले भने, “नेपालमा सरकारले कालिज पाल्न अनुमति दिएकाले पेन्सन आएलगत्तै व्यवसाय सुरु गरेको थिए ।”

गत वैशाख महिनामा रञ्जिला कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ३९ वर्षीय उनले ‘युट्युब’ हेरेर यससम्बन्धी जानकारी लिएको बताए । सात रोपनी पाखोबारीलाई घेराबार गरेर आकाशलाई जालीले छोपिएको खोर बनाएका छन् । पहिलो चरणमा ६०० वटा चल्ला हालेका उनले छ महिनामै आम्दानी लिन थाल्नुभएको छ । प्रतिगोटा रु तीन हजार ५०० का दरले १०० वटा कालिज बिक्री भइसकेको छ । पोखराबाट थप ५० वटा भाले र ३० वटा पोथी कालिजको ‘अर्डर’ आएको व्यवसायि घिमिरेले जानकारी दिए ।

उनका अनुसार खोर निर्माण र चल्ला खरिदमा रु २० लाख लगानी भएको छ । मकै, गहुँको घरायसी र बजारबाट खरिद गरेको दानाको साथै हरियो घाँसलाई आहराको व्यवस्थापन गर्नुभएको छ । बेनी नगरपालिका–४ सिङ्गाको हरियाली कृषि समूहको फार्मले गत वैशाखदेखि कालिजको चल्ला उत्पादन गर्दै आएको छ । पाल्नका लागि चल्ला र मासुका लागि वयस्क कालिजको माग बढेको हरियाली समूहका सञ्चालक शेरबहादुर केसीले बताए ।

“कालिजको मासुको परिकार होटल तथा रेष्टुरेष्टको मेन्यूमा थपिएको छ”, उनले भने, “सोख र व्यवसायका लागि कालिज पाल्ने क्रम बढेको छ ।” चार हजार कालिज मासुका लागि बिक्री योग्य भएका हरियालीको फार्मबाट दैनिक २०० गोटा चल्ला बिक्री हुन्छ । पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन् । कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । पछिल्लोपटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् ।

कालिज नेपालमा पाइने जङ्गली पक्षी हो । स्वादिलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको व्यावसायिक पालन भएपछि मासुका लागि जङ्गलको कालिज चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको वन प्राविधिकहरुले बताएका छन् ।