१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली दुईदिन पूर्वी नेपालमा रहने



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईदिने पूर्वी नेपालको भ्रमणमा जाने भएका छन् । एमालेको वडा अधिवेशन सम्पन्न भएको भोलिपल्टै ओली  झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन्। 

उनी आइतबार बिहान ११ बजे घरमा पुगेर बुबालाई भेट गर्नेछन् भने त्यसपछि झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुँदै बेलुका मेची क्राउन होटलमा अगुवा कार्यकर्तासँग भेट गर्नेछन् ।

उनी भोलि गौरीगञ्जमा हुने कार्यक्रममा सहभागी हुनेछन् । भोलि नै विराटनगरमा पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।