१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यी ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने



अ+ अ-

काठमाडौं । सरकारले ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, कास्की, बाँके, दाङ र कैलालीमा एसएसपीको दरबन्दी थप गर्न लागिएको हो ।  

हाल ती जिल्लामा प्रहरी उपरीक्षक (एसपी)ले नेतृत्व गर्दै आएका छन् । गृह मन्त्रालयले नै दरबन्दी थपसम्बन्धी अग्रसरता लिएपछि प्रहरी प्रधान कार्यालयले यसका लागि औपचारिक प्रस्ताव अघि बढाएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल फेरि डिआइजीको दरबन्दी थप्नेबारे आफुले सुनेपनि यो विषयमा विस्तृत जानकारी नभएको बताए ।