१० असार २०८३, बुधबार
,
Latest
यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पिन जादूगर शेन वार्नको निधन



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका दिग्गज लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । फक्स न्यूजका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो । 

वार्नले शुक्रबार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर ब्याट्सम्यान रड मार्सको निधनमा ट्वीट गरेका थिए । 

यसमा उनले मार्सको निधनप्रति दुःख व्यक्त गरेका छन् । यो उनको जीवनको अन्तिम ट्वीट साबित भयो।

रिपोर्टका अनुसार शेन वार्न आफ्नो भिलामा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई अस्पताल लगियो । चिकित्सकको हर प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन् । 

यति कम उमेरमा हृदयघात हुनुको प्रमुख कारण वार्नको चुरोट र मदिराको लत मानिएको छ । वार्न एक चेन स्मोकर थिए र प्रायः उनी चुरोट पिउने गरेको देखिन्थे । साथै उनी अत्याधिक रक्सी पिउँथे ।

शेन वार्नले २३ वर्षको उमेरमा सन् १९९२ मा भारतविरुद्धको सिड्नी टेस्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफ्नो अन्तिम टेस्ट म्याच सन् २००७ को जनवरीमा सिड्नीमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए।

उनले आफ्नो खेल जीवनमा ७०८ टेस्ट विकेट लिएका थिए भने १९४ एक दिवसीय क्रिकेट खेलेर २९४ विकेट लिएका थिए ।