२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लेस्टर र वेस्टह्याम विजयी, टोटेनह्याम पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी र वेस्टह्याम विजयी भएका छन् । लेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै लेस्टरले ९ खेलबाट १४ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लेको छ भने बेन्टफोर्डले ९ खेलबाट १२ अंक जोडेर १२ औं स्थानमा झरेको छ । पहिलो स्थानमा रहेको चेल्सीको ९ खेलबाट २२ अंक जोडेको छ ।

लेस्टरका लागि योरी टेलिमेन्सले १४औं र जेम्स म्याडिसनले ७३औं मिनेटमा गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि ६० औं मिनेटमा एक गोल गरी टिमलाई बराबरीमा ल्याएका थिए । तर ७३ औं मिनेटमा म्याडिसनले गरेको गोलको मद्दतले लेस्टरले खेल जितेको थियो ।

आइतबार राति नै भएको अर्को खेलमा टोटेनह्याम हस्परलाई वेस्टह्याम युनाइटेडले १–० गोल अन्तरले पराजित गरेको छ । वेस्टह्यामका लागि एक मात्र गोल मिखाइल एन्टोनियोले ७२ औं मिनेटमा गरेका थिए ।

यो जितसँगै वेस्टह्यामले ९ खेलबाट १७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ भने टोटेनह्याम ९ खेलबाट १५ अंक सहित छैटौं स्थानमा झरेको छ ।

आज राति म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुँदैछ । एजेन्सी