१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्वयुवराज सङ्ग भेटेपछि कमेडियन भरतमणिले भने ‘उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ’



अ+ अ-

काठमाडौं । नेपाली हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन-२ को उपाधी जितेका भरतमणि पौडेलले पुर्वयुवराज पारस शाह सङ्ग भेट्घाट गरेका छन् । पुर्वयुवराज पारस शाहलाई भेट्न कमेडियन भरतमणि पौडेल र अर्का कमेडियन सुमन कोईराला दरबारमार्गको शेर्पा मलमा पुगेका हुन् ।

उनीहरुबिच करिब एक घण्टा लामो भेटघाट भएको कमेडियन पौडेल आफैले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफुहरु बिच रमाइलो गफगाफ भएको बताएका छन् । त्यस्तै उनले आफु पुर्वयुवराज पारस शाहको पहिलैबाट शुभचिन्तक भएको तर भेटघाट पछि झन ठूलो प्रसंशक भएको पनि बताएका छन् ।  उनले थप्दै लेखेका छन् 'साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ । '

भरतमणि कमेडी च्याम्पियन सिजन २ मा हुँदा सुरुवातदेखि नै निकै चर्चामा आएका कमेडियन थिए । एमाले नेता गोकुल बास्कोटाको मिमिक्री गरेर चर्चामा आएका उनले कमेडी च्याम्पियनको श्रीङ्खलामा पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएपछि झनै चर्चामा आएका थिए ।

भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको मिमिक्री पनि हुबहु गर्छन् । 

कमेडियन भरतमणि पौडेलको स्ट्याटस् : 

''नमस्ते ! एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , उहालाइ भेट्न म र Suman Koirala दरबारमार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।''