१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीनको  व्यवस्थापन हुन्छ – भूमिमन्त्री शशी श्रेष्ठ



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना वनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा  उहाँले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने जानकारीदिनुभयो । उहाँले भन्नुभयो “जनताले संबिधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।” लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उहाँले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । उहाँले भन्नुभयो “भूमिहीन जनताले संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा कामगर्ने उहाँको भनाइ थियो  ।