१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध ग्रामीण सडक सुचारु गर्न प्रयास जारी



अ+ अ-

डडेल्धुरा । वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन् । गन्यापधुरा, अजयमेरू, नवदुर्गा,  भागेश्वर, आलिताल गाउँपालिका सहित अमरगढी  र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । अवरुद्ध सडक केही  सुचारु पनि भएका ती पालिकाले जनाएका छन् । 

रुवाखोला–रेल, धन्ढुङ्गा– बडाल, जनगलस्पा– कैलपालमाडौँ र कोराल–मोइरेल सडकमा एकै साथ चार डोजर प्रयोग गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिनुभयो ।
 
अजयमेरू गाउँपालिकाले उग्रतारा–मेलौली, भल्कुडा– चिपुर , ढिमौला–भद्रपुर  र बगरकोट–सेरागाँड–देवल सडक सुचारु गर्न काम सुरुआत गरिसकिएको जनाएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन उच्च प्राथमिकता दिएको बताउनुभयो । नवदुर्गा, भागेश्वर र आलितालले गाउँपालिकाले अवरुद्ध सडक सुचारु गरिरहेको जनाएका छन् ।

 जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाले पोखरा– तिलाडी , डकले– सल्लघारी , घटाल– चिरकिट्टे सडकलगायत अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन तथा  राहत वितरणमा पालिकालाई आग्रह गरिएको बताउनुभयो ।