१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसँग छलफल सकिएलगत्तै आपसी छलफलमा जुट्दै १३ न्यायाधीश



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र १३ जना न्यायाधीशबीच आज (मंगलबार) छलफल भएको छ । 

निकास खोज्‍न भन्‍दै १३ न्यायाधीश प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीश राणासँगको छलफल सकिएलगत्तै १३ न्यायाधीश फेरि छलफलमा जुटेका छन् । 

प्रधानन्यायाधीश राणासँगको भेटघाटमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताइएको छ ।

यसैबीच काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । 

प्रधानन्यायाधीशबाहेकका काठमाडौंमा रहेका १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् ।