१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु माथि पनि छन् सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ : प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने स्पष्ट पार्नु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै दुई दिनदेखि बेञ्च बहिष्कार गरेका न्यायाधीशहसँगको सम्बाद उहाँले  “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र फैसलामाथि पनि उठेका छन्, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ ।” भन्दै कुरा राखेपछि अन्य न्यायाधीश झस्किएको स्रोतले जानकारी दियो ।  

प्रधानन्यायाधीश राणाले  आफू संवैधानिकरुपमा नियुक्त भएको हुँदा संवैधानिक बाटोबाट मात्रै बाहिरिने स्पष्ट पार्दै न्यायपालिका कमजोर पार्ने खेलमा नलाग्न सुझाब दिनु भएको थियो ।

छलफलमा सहभागी एक न्यायाधीशले प्रधानन्यायाधीश राणाको भनाई उल्लेख गर्दै न्युजपोलारसंग भन्नुभयो, “सडकबाट प्रश्न उठ्दैमा राजीनामा हुँदैन, त्यसरी राजीनामा दिने हो भने न्यायालय थप कमजोर हुन्छ,”  राणाले भन्नुभयो, “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र फैसलामाथि पनि उठेका छन्, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ ।”

 प्रधानन्यायाधीश राणासँग छलफल सकेर १३ न्यायाधीश फेरि छलफलमा जुटेका छन् ।