काठमाडौं । प्रधानन्यायाधीशबाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक बिनानिष्कर्ष टुंगिएको छ ।
भोली फेरि बैठक बस्ने गरी निर्णय लिएर उनीहरूले आजको बैठक सकाएका हुन् ।
आजै प्रधानन्यायधीससँग असन्तुष्ट न्यायाधीशहरूको समूहले भेट गरेको थियो । भेटमा उनीहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए ।
यता, प्रधानन्याधीशले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको बताएका थिए ।
सो भेटघाटपछि १५ जना न्यायाधीशहरु फेरि छुट्टै छलफलमा जुटेका थिए ।