२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमतता



अ+ अ-

काठमाडौं । प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको छ । स्थानीय तहको समन्वय बिना योजना छनौट गर्ने र आफुखुसी कार्यकर्ताहरुलाई योजना बाड्ने गरिएको कारणले अनियमतिता हुने गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ । 

प्रदेश नम्बर २ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएको नगराइन नगरपालिका–५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार गरिएको छ । तर यसमा रकम अनुसार काम नभएको स्थानियवासीहरुको गुनासो रहेको छ । माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् । मन्दिरका पूजारी उपेन्द्र ठाकुरका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जिर्णोद्धार गरेको थियो ।

(विष्णुदेव झा, वडा अध्यक्ष,  नगराईन नगरपालिका वडा नम्बर ५)

त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत योजना दिएको थियो । ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जिर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो । माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताए । मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जिर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । तर स्थानियवासीहरुले त्यती रकम खर्च नभएको बताएका छन् । स्थानियवासीहरुलाई जानकारी नै नदिई सो काम गराइएको स्थानियवासीको भनाइ रहेको छ ।

मन्दिरको सौन्दर्यको नाममा रंग, रोगन बाहेक केही पनि नगरिएको स्थानियवासीहरुले बताउने गरेका छन् । यता नगराईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुदेव झाले सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको र योजना अनुसार काम सम्पन्न नभएको बताए ।

झाले प्रदेश सरकारले गर्ने कुनैपनि काममा आफुहरुसँग समन्वय नगरिएको बताए । उनले माधव ठाकुरमा भएको काम गुणस्तरहिन भएको दाबि पनि गरे । गएको असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।