२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको आक्रमणबाट गम्भीर घाइते



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो । 

गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले गैँडाले रानालाई घाइते बनाएको खबर आएको बताउनुभयो । सत्यतथ्य बुझ्न निमित्त कार्यालय प्रमुख दिनेशकुमार यादवसहितको टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । रानामाथि गैँडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको हो ।

रानाको ढाडमा गहिरो घाउ भएको छ । सामुदायिक वन क्षेत्रमा केही दिनअघिदेखि गैँडा देखापर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । यहाँ गैँडाले मानवलाई आक्रमण गरेको घटना भने पहिलो भएको बताइएको छ । रासस