काठमाडौं । वागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेआज मुख्यमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पाण्डेले आजै साढे तीन बजे समथग्रहण गर्ने कार्यक्रम तय भएको छ । पाण्डेले आजै तीन सदस्यीय मन्त्रीमण्ण्डल गठन गर्ने तयारी गर्नुभएको छ ।
मन्त्रिमण्डलमा नेकपा (एकीकृत समाजवादी( कृष्णप्रसाद खनाल ,नेपाली काँग्रेसको कृष्णलाल भँडेल र नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तानलाई मन्त्री बनाउने गठबन्धन बिच सहमति भएको छ । बागमती प्रदेशकी निबर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा आफनो पक्षमा बहुमत नभए पछि बुधबार राजीनामा दिनुभएको थियो ।