१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिस प्रिमियर लिगः लिभरपुलको उपाधि दौड कायमै



अ+ अ-

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई १-० ले पराजित गरेको छ । यो जितसँगै लिभरपुलले लिग लिडर म्यान्चेस्टर सिटीसँगको अंक दुरी ३ अंकमा झारेको छ ।

लिभरपुलको जितमा साडियो मानेले २७ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। निकै रोमाञ्चपूर्ण यस खेलमा वेस्टह्यामले केही सुन्दर अवसर सिर्जना गरे पनि गोल गर्न सकेको थिएन ।

शनिबार नै भएको अर्को खेलमा चेल्सीले बर्नलीमाथि ४-० को सहज जित हासिल गरेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले दोस्रो हाफमा गोल वर्षा गरेको थियो। चेल्सीका लागि रिज जेम्सले ४७ औ मिनेटमा पहिलो गोल गरेका थिए भने फर्वार्ड काई हाभर्टजले लगातार दुई गोल गरेका थिए । उनले ५२ र ५५ मिनेटमा गोल गर्दै टीमलाई ३-० को अवस्थामा पुर्‍याएका थिए । चौथो गोल क्रिश्टियन पुलिसिकले ६९ औ मिनेटमा गरेका थिए।

त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले साउथहेम्टनलाई ४-० ले पराजित गरेको थियो भने न्युक्यासलले ब्राइटनलाई २-१ ले हरायो। त्यस्तै नर्विचलाई ब्रेन्टफोर्डले ३-१ ले तथा क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० ले पराजित गरेको थियो । 

प्रिमियर लिगको २७ औ खेलको समाप्तिमा म्यानचेस्टर सिटी ६६ अंक बनाएर शीर्ष स्थानमा छ । समान २७ खेल खेलेको लिभरपुलको ६३ अंक छ । चेल्सीको ५३ अंक छ भने म्यान्चेस्टर युनाइटेड ४७ अंकका साथ चौथो स्थानमा रहेको छ। युनाइटेडलाई वेस्टह्याम र आर्सनलले ४५ अंकका साथ पछ्याइरहेका छन्।

आज आइतबार साँझ हुने म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड बीचको खेलले लिगमा अझ रोमाञ्चकता ल्याउने अनुमान गरिएको छ । यदि म्यान्चेस्टर सिटी पराजित भएमा लिभरपुल र सिटीबीच उपाधि दौडमा नयाँ अध्याय शुरु हुनेछ ।