१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता



अ+ अ-

बलेवा । बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ  खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।

उहाँ २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको छ । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता हुनुभएको हो ।

ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाडखोलामा उहाँ बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । उहाँको खोला किनारमा खोजी भइरहेको छ । रासस