२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन हटेसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार



अ+ अ-

काठमाडौंः काेराेना महामारीसँगै भएकाे लकडाउन खुलेपछि पर्यटकको संख्या वृद्धि भएसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनी ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सानमा छ । तथापि, एक वर्षको अवधिमा कम्पनीको नोक्सानमा भने कमी आएको छ ।

यस अवधिमा नोक्सानी ४ करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वव्यपी फैलिएको कोरोना महामारीको असर कम हुँदै गएपछि व्यवसायमा सुधार आए पनि हालसम्म असर कायम नै भएकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा कात्तिक मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानीमा पनि सुधार आएको छ । यस अवधिसम्म आइपुग्दा यसले ८ करोड १५ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको सञ्चालन आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्रै थियो । गत वर्ष २ लाख ९६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष भने १ लाख ३ हजार रुपैयाँ सीमित भएको छ ।

यता, प्रतिसेयर आम्दानीमा भएको नोक्सानी पनि घटेको छ । गत वर्ष ७ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो वर्ष २ रुपैयाँ ५२ पैसा नोक्सानीमा आएको छ । प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक छ ।