काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ ।
सो बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको हो । यो शाखा मेगा बैंकको २०१औं शाखा रहेको छ ।
मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिनुभयो ।