१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुनुपर्दछः महानिरीक्षक क्षेत्री



अ+ अ-

सोलुखुम्बु । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा बहाल राख्दै नागरिकको वैयक्तिक अधिकारको संरक्षण र प्रवर्द्धन गरी समुन्नत समाज निर्माणको लागि दत्तचित्त रही आम नेपालीको आशा र भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी संगठनबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुनुपर्ने बताउनुभएको छ । 

ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय, आवास तथा मेस भवनको शुक्रबार उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । उद्‍घाटन पश्चात उहाँले पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गर्नुको साथै प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो । 

भवन उद्‍घाटनका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको कार्य प्रकृतिको संवेदनशीलताले गर्दा प्रहरी भवनहरूको फरक आवश्यकता र सुरक्षा मापदण्ड हुने र नागरिकको सुरक्षाका खातिर चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्यूटिमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्ने कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा त्यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने र स्वस्थ कार्य वातावरण निर्माण भई सेवा प्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नव निर्मित भवनको उपभोगबाट यहाँ कार्यरत प्रहरीहरूको बसाइँ सहज र व्यवस्थित हुने तथा सेवाग्राहीहरूको सेवा प्राप्तिमा समेत सहजीकरण हुने विश्वास लिएको छु ।”

 प्रहरी महानिरीक्षक थापा क्षेत्रीले देशी विदेशी हरेक मानव जातिको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरू रोकथामको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहने चर्चा गर्दै निकुञ्जबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीको विषयमा पनि उत्तिकै सजग र सचेत रहनु पर्नेमा जोड दिनुभयो । नव निर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति रहेकोले आम नागरिकबाट सदैव सद्‌भाव र सहयोग प्राप्त भइरहने विश्वास उहाँले व्यक्त  गर्नुभयो ।
 
समारोहमा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले  भौतिक सुबिधाले प्रहरी कर्मचारीको थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । 

 सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्यालजिन शेर्पालेसमेत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई।अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १्१ तले ३ वटै भवन नेपाल सरकार राष्ट्रिय पुनस् निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कूल २ करोड ४ लाख ४७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । 

समारोहमा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, संचारकर्मी, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।