१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई ओलीको काउन्टरः बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ, के को किन्नु ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेको आफ्नो कार्यकालमा बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपलाई काउन्टर जवाफ फर्काएका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद गरेको आरोप लगाएपछि अध्यक्ष ओलीले त्यसको जवाफ दिएका हुन् । 

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उक्त आरोप विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।

ओलीले प्रचण्डलाई इंगित गर्दै भने, ‘चितवन गएर ‘प्रचण्डले के भनेछन् भने मलाई डेढ लाखको खाटमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्, मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’

एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको टीप्पणी छ ।