२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियसले गरे दुई गोल, रियल म्याड्रिड स्पेनी लिगको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । युवा प्रतिभावान खेलाडी भिनिसियस जुनियरको दुई गोल मद्दतमा एल्चेलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई उसैको मैदानमा २ १ ले पराजित गरेको हो ।

भिनिसियसले खेलको २२औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा दोस्रो गोल गरेका थिए । एल्चेका राउल गुटीले ६४औं मिनेटमा रातो कार्ड पाएपछि एल्चे १० खेलाडीमा सीमित भएको थियो ।

निकै दबाबमा खेलेको एल्चेका लागि ८६औं मिनेटमा पेरे मिल्लाले एक गोल फर्काएका थिए ।

यो जितसँगै रियल म्याड्रिडले ११ खेलबाट २४ अंक जोडेको छ । समान अंक भए पनि रियलले सोसिडाड भन्दा रियाल म्याड्रिडको गोलअन्तर बढी छ । एल्चे भने १२ खेलबाट १० अंकसहित १५औं स्थानमा रहेको छ ।