२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी नागरिकता लिएपछि नेपालमा मताधिकार प्राप्त हुँदैनः प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौंः बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका नेपाली नागरिकलाई नेपालमा मताधिकार दिन नसकिने स्पष्ट गर्नु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्पष्ट शब्दमा भन्नुभयो, विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिँदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन ।

प्रधानमन्त्री देउवाले प्रवासी नेपालीलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो,  ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन नेपाल सरकार तयार छ ।’

उहाँले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको जानकारी दिनु भएको थियो ।

गत वर्ष कोभिड(१९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरेको थियो ।

प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान गर्न नेपाल सरकारले सक्दो पहल गर्ने विश्वास दिलाउनु भएको थियो ।

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ ।

ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहनुभएका उहाँले नेपालप्रतिको बेलायती सांसदहरूले देखाउनुभएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताउनुभयो ।

नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उहाँको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न अवसरमा बेलायतको संसद्मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराउँछ भन्नुभयो ।

सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड शेख, लगानी मञ्चका अध्यक्ष लर्ड ल्याङकास्टर र सांसद क्याथरिन वेस्टले बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नुहुनेछ भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उहाँ सहभागी हुनुहुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्नुहुनेछ ।