काठमाडौँ । नेपालमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले गिरावट आएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्यमा पनि रु. ३०० ले कमी आएको हो ।
यसैगरी आज चाँदी प्रतितोला रु पाँच घटेर रु एक हजार २४० कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।