९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तालाई पुटिनको सुझावः युद्ध होइन ‘युक्रेन मुक्तिको मिशन’ हो रुसी आक्रमण



अ+ अ-

एजेन्सी । भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध गरेपछि रुसमा कडा प्रतिरोधको सामना गर्नु परेको छ । 

धेरै बालबालिकाले पुटिनको विरोध पनि गरिरहेका छन् । यस्तो अवस्थामा नयाँ पुस्तालाई विश्वास दिलाउन र यो युद्धको औचित्य पुष्टि गर्न पुटिनले विद्यालयमा राष्ट्रव्यापी कार्यक्रम सुरु गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमले गुप्तचर एजेन्सीका पूर्व अधिकारी रेबिका कोफ्लरलाई उद्धृत गर्दै रुसी विद्यालयमा युक्रेनविरुद्धको लडाइलाई मुक्ति अभियानको रूपमा वर्णन गरिएको बताएको छ । 

यहाँ बालबालिकाहरूलाई युक्रेनमा रूसको आक्रमण डोनबासका जनतालाई नरसंहारबाट बचाउनको लागि स्वतन्त्रताको अभियान हो भनेर बुझाइँदैछ ।

रुसका विद्यालयमा बालबालिकालाई शिक्षा दिने राष्ट्रव्यापी कार्यक्रम पनि सुरु गरिएको बताइएको छ । शिक्षा मन्त्रालयले युक्रेनमा रूसी आक्रमणको सम्बन्धमा ‘ओपन लेसन’ नामक राष्ट्रव्यापी कार्यक्रम सुरु गरेको छ । 

कार्यक्रम अन्तर्गत बालबालिकालाई भिडियो मार्फत बुझाइने गरिन्छ । रुसको शिक्षा मन्त्रालयले गरेको फेसबुक पोस्टमा युक्रेनमा मुक्ति अभियानको आवश्यकता किन परेको थियो भनेर विद्यालयका बालबालिकालाई बताइने जनाएको छ।

‘ओपन लेसन’को माध्यमबाट विद्यालयहरुमा बुझाइएको छ कि, रुसको लक्ष्य रसियन भाषा बोल्ने र रसियन नागरिक राष्ट्रवादीहरुलाई समावेश गर्नु रहेको उल्लेख गरिएको छ । 

रिपोर्ट अनुसार विद्यालयमा ‘शान्तिको रक्षक’ नामको भिडियो प्ले भइरहेको छ । शिक्षा मन्त्रालयको फेसबुक पोस्टमा भनिएको छ, ‘बालबालिकाहरूलाई बताउन आवश्यक छ कि हामीलाई नेटोबाट कुन कुराले धम्की दिन्छ र हामी किन डोनेट्स्क र लुहान्स्कका जनतालाई सुरक्षा गरिरहेका छौं।’