१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेलको संयोजकत्वमा सरकार संञ्चालन सहजीकरण संयन्त्र गठन



अ+ अ-

काठमाडौ ।  सत्ता गठबन्धनले सरकारको काममा  सहजीकरण गर्न पाँचै दलका नेता रहेको राजनीतिक संयन्त्र गठन गरेको छ । आलोपालो प्रणालीका आधारमा दुई दुई महनिामा संयन्त्रको सयोजक परिबर्तन हुने सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

समितिमा  कांग्रेसबाट कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्र कार्की ,माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सदस्य रहनु भएको छ ।  यसै गरी नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सदस्य रहनु भएको छ ।

संयन्त्रका सदस्य तथा नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्ने तथा  सरकारलाई समग्र हिसाबले सहयोग गर्ने जानकारी दिनुभयो ।