१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी



अ+ अ-

 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताउनुभयायो ।
 
उहाँले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गर्नुभयो । उहाँले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताउनुभयो । उहाँले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउन अनुरोध गर्नुभयो । सङ्घका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो ।