१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जति घुमे पनि धित मर्दैन ढोरपाटन ’



अ+ अ-

गलकोट ।नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान  घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । 

ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यस वर्ष निकै बढेको छ ।” विशेषगरी बागलुङ, पर्वत, प्यूठान, गुल्मी, रुपन्देहीलगायतका स्थानबाट ढोरपाटन बढी आउने गरेको उहाँको भनाइ छ । “यस वर्ष त आन्तरिक पर्यटक राम्रै आएका छन्, दैनिक २०० भन्दा बढी पर्यटक ढोरपाटनमा आएको मैले पाएको छु, कोही गाडी लिएर आउँछन्, कोही मोटरसाइकल लिएर आउँछन्”, उहाँले भन्नुभयो, “सडकको सुविधा भएर पनि होला, पहिलेजस्तो पैदल हिँड्न परेन, गाडी ढोरपाटनको सबै ठाउँ पुग्छ ।”

पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि फस्टाउन थालेको छ । उहाँले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमीलगायतका उत्पादित वस्तुले समेत उचित मूल्य पाउन थालेको जनाउँदै ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेका छन् । यसपटकको बिदाको समयमा पारिवारिक भ्रमणको गन्तव्य ढोरपाटन रोजेको बागलुङका अधिवक्ता राम शर्माले बताउनुभयो । 

उहाँसहित आठ जनाको समूह तीनदिने ढोरपाटन भ्रमण सकेर मङ्गलबार बागलुङ फर्किएको छ । “पाँचौँपटक ढोरपाटन पुगे, यसपटक परिवार सबैलाई लिएर गएको थियो, होटल भरिभराउ भएको पाइयो, दैनिक चार÷पाँच सय पर्यटक ढोरपान पुगेको देखियो”, उहाँले भन्नुभयो, “पुगे पनि धित मर्दैन ढोरपाटनमा पछिल्लो समय सेवा सुविधा वृद्धि भएर होला पर्यटक राम्रै पुगेको पाइयो ।” पर्यटकको बाक्लो उपस्थिति रहेकोे ढोरपाटन भ्याली होटलका सञ्चालक गङ्गा भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय ढोरपाटन क्षेत्रमा होटल तथा घरबासको सङ्ख्यामा वृद्धि हुँदै आएको स्थानीयवासी गौमती पुनले बताउनुभयो । रासस/ तस्वीर- न्युजपोलार