१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे र विष्णुमणि अधिकारी भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा सत्ता साझेदार दलले गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । 

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत रहेका घिमिरे पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । अध्यक्ष पदका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेललाई पनि दाबेदार मानिएका थियो ।

बारको महासचिव पदका लागि अङ्किता खनाललाई उम्मेदवार बनाउने सहमति भएको बताइएको छ । 

यसैगरी प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) का तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र महासचिवमा केदार कोइरालाले उम्मेदवारी दिने तय भएको छ । उम्मेदवारी दर्ताको समय आज ३ बजेसम्मका लागि तोकेको छ । 

नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने अधिवेशनका लागि सत्ता साझेदार दलमध्ये तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मोर्चाबन्दी गरेर उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस निकट मानिएका कानून व्यवसायीलाई अध्यक्ष, माओवादी केन्द्र निकटलाई महासचिव र एकीकृत समाजवादी निकट कानून व्यवसायीलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिनेगरी सहमति भएको बुझिएको छ