१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनले नेपाली ढाकाटोपी पहिरिएपछि…



अ+ अ-

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले नेपालप्रति सद्भाव र स्नेह देखाउँदै आएका छन् ।

फेरि एकपटक अमिताभले नेपाल र नेपालीप्रति स्नेह दर्शाएका छन् । गएराति अमिताभले इन्स्टाग्राममा नेपाली ढाकाटोपी लगाएको तस्बिर सेयर गरेका छन् । ‘केटीको केटीको’ क्याप्सनसहित उनले नृत्य गर्न लागेको तस्वीर सेयर गरेका हुन् ।

भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अमिताभले फिल्मबारे भने खुलाएका छैनन् ।

केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । 

अमिताभ स्वास्थ्य अवस्थाको कारण नेपाल आउन सकेका थिएनन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणीती चोपडा लगायतको अभिनय छ ।