१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायू परिवर्तन बारे रारा तालको किनारबाटअमेरिकी राजदूत बेरीको सन्देश



अ+ अ-

काठमाडौं । जलवायू परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर बारे जानकारी लिन र पर्यटन प्रबर्धनका लागि भन्दै तीन देशका राजदूतहरु हिमाली क्षेत्रको भ्रमणमा निस्केका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी , बेलायती राजदूत निकोला कथ्राइन पोलिट, तथा अस्ट्रेलियाली राजदूत  फेलिसिटी भल्क नेपालको प्रमुख एक पर्यटकीय स्थल रारा ताल पुग्नु भएको छ ।

अमेरिकी दुताबासका अनुसार उहाँ नेपालका बिभिन्न भागहरु घुम्न, जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायु सम्बन्धी तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन संयुक्त भ्रमण निस्कनु भएको हो । रारा ताल आसपास दोश्रो दिन बिताउनु भएका अमेरिकी राजदुत बेरीले जलबायू परिवर्तनको असरबारे आफ्नो अनूभुति राख्नु भएको छ ।

उहाँले लेख्नुभएको छ –

विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १।५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ। 

मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं। कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु (( हामीले साँच्चै केही गर्न सकिएला तरु सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाऊने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तीमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।

तर हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा। 

त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।