२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुतावासभित्र स्वन्त्रतता दिवस बाहिर कालो झण्डा



अ+ अ-

काठमाडौं साउन ३१÷ भारत–चीनबीच भएको लिपुलेक सम्झौता खारेजीको माग गर्दै शनिवार भारतीय दुतावास अगाडि कालो झण्डा देखाउँदै विरोध प्रदर्शन भयो ।

काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विरोध प्रदर्शन गरेको हो । दूताबासभित्र भारतको ६९ औं स्वतन्त्रता दिवस मनाइरहँदा दूताबासको पूर्वी ढोका अगाडि ग्रेटर नेपालका कार्यकर्ता र समर्थकहरु उग्र नाराबाजीमा उ
त्रेका थिए । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा रहेका प्रदर्शनकारीहरुले हातमा कालो झण्डा लिँदै भारत विरोधी नारा लगाएका थिए ।

गत मे १५ तारिखका दिन बेइजिङ्गमा चीन र भारतका प्रधानमन्त्रीबीच ४१ बुँदे सहमतिको २८ औं बुँदामा नेपालको लिपुलेकबाट ब्यापारिक नाका खोल्ने सम्झौता भएको थियो । नेपाललाई बिना कुनै जानकारी दुई देशले कुटनीतिक मर्यादा विपरित सम्झौता गरेको भन्दै नेपालमा ब्यापक विरोध भइरहेको छ ।