९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दमा पैसा असुल्न बमआतंक



अ+ अ-

काठमाडौं, भदौ १९ । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका छन् ।

बन्दकर्ताको नाम लिएर चन्दा माग्दा नदिनेलाई निशाना बनाएर धम्की दिनेहरुले शृंखलाबद्ध सुतली बम विस्फोट गराउँदै आएको रहस्य खुलेको हो ।

बम विस्फोट गराएर व्यवसायीलाई आतंकित बनाएपछि रकम असुल्न सहज हुने भएकाले सीमापारिबाट ल्याइएका शक्तिशाली पटाकालाई सुतलीले बेरेर विस्फोट गराउन थालिएको प्रहरीको दाबी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ  ।

बम विस्फोटमा संलग्नको खोजी तीब्र बनाउने क्रममा पम्प सञ्चालकसँग भिन्न–भिन्न समूहले रकम मागेको तर नदिएपछि बम विस्फोट गराएर आतंकित बनाउन थालेको अप्रेसुनमा संलग्न एक प्रहरीले जानकारी दिए ।

यद्यपि, प्रहरीले बम विस्फोट गराउने आपराधिक समूह हो वा आन्दोलनकारीमध्येकै हो खुलाउन चाहेको छैन ।