२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्धारा २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान



अ+ अ-

काठमाडौं, भदौ २२ । राष्ट्रपति डा. रामवरण यादवले ३६औँ राष्ट्रिय शिक्षा दिवस २०७२ को उपलक्ष्यमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गरेका छन् ।

फोटोः रासस ।

राष्ट्रपति यादवले मंगलबार बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा १४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेका हुन् ।

विद्यावारिधिको उपाधि प्राप्त गर्नेलाई ‘क’ श्रेणी, विश्वविद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तहको विभिन्न संकायको परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्नेलाई ‘ख’ श्रेणी र स्नातक तहमा सर्वोकृष्ट नजिता हासिल गर्नेलाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिन्छ ।

समारोहमा राष्ट्रपति यादवले स्नातकतहतर्फको २०७१ सालको नेपाल छात्रा विद्यापदक ३१ जना र प्रमाणपत्र तहतर्फको नेपाल छात्रा विद्यापदक आठ जना छात्रालाई प्रदान गरे ।

यस वर्षको शिक्षा दिवसको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, शिक्षामन्त्री चित्रलेखा यादवलगायत नेपाल सरकारका विशिष्ट अधिकृतहरु सहभागी थिए । रासस