• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

संविधानको प्रक्रिया रोक्न काँग्रेसमा दवाब



काठमाडौं भदौ २३ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसमा संविधान लेखनको जारी प्रक्रिया रोक्न दवाब शुरु भएको छ ।

चाँडै संविधान जारी गर्न संविधानसभामा दर्ता भएका प्रस्तावहरुमा दफावार छलफलको प्रक्रिया छोटो बनाएर जाने तयारी भइरहेका बेला सत्तारुढ दल काँग्रेसका एक सयभन्दा बढि सभासद्हरुले संविधान लेखनको प्रक्रिया रोक्न दवाब बढेको हो ।
काँग्रेसका मधेशी, दलित, जनजाति, थारु र विधेयकमा असन्तुष्ट थप काँग्रेस सभासद्हरुले मंगलवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रक्रिया रोकेर आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न दवाब दिइरहेको खबर बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
उनीहरुले तराई मधेशमा भइरहेको आन्दोलनकारीका मागबारे काँग्रेस बेखबर बन्न नहुने पनि ध्यानाकर्षण गराएका थिए ।