२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रहरीमाथि आक्रमण गर्ने घैँटेका सहयोगीको योजना’



अ+ अ-

काठमाडौं, भदौ २४ । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ ।

आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेलापारेको प्रहरीको भनाइ छ । आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ । उनीहरू प्रहरी इन्काउन्टरमा मारिएका डन घैँटको समूहका हुन् । साजन हत्या अभियोगमा मोष्ट वान्टेडसमेत हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरूले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरू फेलापरेको बताए ।

‘आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी खनालले भने, ‘थप अनुसन्धान हुँदै छ ।’

प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि आक्रमण योजना बनाएका थिए ।

पक्राउ परेका कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्तकर्ताको काम गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख रुपैयाँको डिल भएकोसमेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रूपमा काम गर्दै आएका थिए ।

आक्रमण गर्न विदेशी बोलाएको प्रहरीको दाबी
एसएसपी सर्वेन्द्र खनाल भन्छन्,  ‘उनीहरूले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टेलिफोन रेकर्ड र एसएमएसहरू फेला परेको छ । आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान हुँदै छ ।’

न्युरोडमा अन्डरग्राउन्ड थिए साजन गुरुङ
साजन गुरुङ पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्ट वान्टेड थिए । उनी न्युरोडको एक घरमा गोप्य रूपमा बस्दै आएका थिए । सबै कोठामा ताला लगाइएको घरमा मंगलबार चारपटक सर्च गर्दा मात्र प्रहरीले उनी बस्ने कोठा पत्ता लगायो ।




भर्खरै