९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमिका भेट्न पूर्वयुवराज पारस लाओस पुगे



अ+ अ-

काठमाडौं, भदौ २५ । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको आओस पुगेका हुन् ।

उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्याण्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पूर्वयुवाराज पारस र कन्निकाबीच थाइल्याण्डको फुकेटमा घटेको घटनाका कारण अझै किनारा नलागेकोले सोही घटनाका बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

थाइल्यान्ड जान प्रतिबन्ध लागेपछि पूर्वयुवराज पारस आफ्नी प्रेमिकालाई भेट्न लाओस पुगेको बताइएको छ । सर्वसाधारण जस्तै कसैलाई कुनै जानकारी नदिइ उनी सुटुक्क लाओस पुगेका हुन् ।