२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा तीन भारतीय तस्कर पक्राउ



अ+ अ-

रौटहट, भदौ २५ । रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आन्दोलनको मौका छोपी सीमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छलेर रौतहटतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा, मलखाद र सुर्तीजन्य पदार्थ गरी रु दुई लाख मूल्य बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सीमावर्ती भारत सेन्दुरिया गाउँका हरिओम महतो, प्रमोद महतो र वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाएको र तस्करको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले बताए ।

आन्दोलनको मौका छोपी सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भारतीय सामानको ढुवानी बढेको सूचनाका आधारमा तस्करी नियन्त्रणका लागि जिल्लामा प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी सहायक प्रहरी निरीक्षक प्रधुमन कार्कीले दिए ।




भर्खरै