९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रोको ठक्करबाट युवतीको मृत्यु



अ+ अ-

पोखरा, भदौ २८ । पोखराको अमरसिंहचोकमा माइक्रोबसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्पm आइरहेको ना५ख ३४० नम्बरको माइक्रोबसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकतर्फ आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्कुटरको पछाडि बस्ने २० वर्षीया एलिसा बराल सामान्य घाइते भएकी छन् । मृतक जमुना छिनेडाँडामा आफ्नी दिदीको घरमा दर खाएर घर फर्कंदै गर्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले माइक्रोबस चालक लेखनाथका २४ वर्षीय मीनबहादुर सुनारलाई पक्राउ गरेको छ ।