• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ? ★   प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै ★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र आंशिकरुपमा हटाइयो



लहान,  भदौ ३०। जिल्ला प्रशासन कार्यालय सिरहाले एक सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्रलाई आज बिहानबाट आशिंकरुपमा हटाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले सुरक्षा अवस्था केही सामान्य बन्दै गएको तथा विभिन्न चाडपर्वलाई मध्यनजर गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान पुलदेखि कमला पुलसम्मको ५०० मिटर दाँयाबायाँको क्षेत्रमा लगाउँदै आएको निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्रको समय आज बिहान ७ बजेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्मका लागि हटाइएको जानकारी दिनुभएको छ । तर प्रत्येक दिन बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म अर्को सूचना जारी नहुञ्जेलसम्म सो क्षेत्रमा निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्र कायमै रहने उहाँले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले रुख ढालेर गरेको अवरोध प्रहरीले हटाउने क्रममा गत भदौ २३ गते साँझ प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि स्थिति असहज भएको भन्दै स्थानीय प्रशासनले यही भदौ २४ गतेदेखि १२ बजेदेखि लहानस्थित बलान खोलादेखि कमला नदीको पुलसम्म र सहायक मार्गको नयाँ चाहर्वादेखि सिरहाको लच्कापुलसम्मको क्षेत्रमा निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
यसैबीच संयुक्त मधेसी मोर्चा र थारु सङ्घर्ष समितिले आह्वान गरेको आमहडतालका कारण आज ३३ औं दिनपनि सिरहाको जनजीवन प्रभावित भएको छ ।  विमानस्थलमा कार्यरत कामदारको २४ घण्टे हडतालका कारण मङ्गलबार चिलीमा हजारौँ मानिस विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।