२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारी पौडेलको अपहरणपछि हत्या



अ+ अ-

दमक, २६ भदौ  ः झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ ।

गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उहाँको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

घटनास्थलमा मे ७ प १९०४ नं को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उहाँकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिँड्नुभएका पौडेल राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले राति अबेरसम्म पौडेलको खोजी गरेपनि फेला पार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको जनाइएको छ । उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।