२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने



अ+ अ-

टोक्यो, २६ भदौ (एएफपी) ः जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ । उक्त समाचार प्रकाशनमा आएलगत्तै रेनेसासको सेयरमा ५.५४ प्रतिशत वृद्धि भएको थियो ।

कम्पनी खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०१९ को मध्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । तर कम्पनी खरिदको अन्तिम टुङ्गो आइडीटीका सेयर लगानीकर्ता र सम्बन्धित नियामक निकायको स्वीकृतिपछि हुनेछ, रेनेसासको विज्ञप्तिमा उल्लेख छ ।

रेनेसासले नयाँ कम्पनी खरिद गर्न ६ अर्ब डलर बैंकबाट ऋण लिने र बाँकी कम्पनीको नगदबाट व्यवस्था गरिने जनाएको छ । नयाँ कम्पनीको खरिदबाट औद्योगिक र सवारीसाधनका क्षेत्रमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

जापानका प्रतिष्ठित कम्पनीहरु हिटाची, मित्सुबिसी इलेक्ट्रिक र एनइसीका माइक्रोचिप्स इकाईहरु मर्ज (बिलय) गरी रेनेसास इलेक्ट्रोनिक्सको स्थापना भएको थियो । तर बजारमा तीव्र प्रतिस्पर्धाका कारण घाटा व्यहोर्न बाध्य यस कम्पनीलाई सरकारी ऋण सहयोगमा सन् २०१३ मा पुनर्जीवित तुल्याइएको थियो ।

कम्पनी घाटामा गएसँगै कामदार कटौती गरिएको थियो । युरोप प्लान्टबाट मात्र एक हजारभन्दा बढी कामदार हटाइएको थियो । त्यसयता कम्पनीको आर्थिक स्थितिमा सुधार आउनुका साथै नयाँ कम्पनी खरिद गर्ने स्थितिमा अहिले देखा परेको छ ।

सन् २०१६ मा रेनेसासले तीन अर्ब २० करोड डलरमा अमेरिकाको सानो चिप निर्माता इन्टरसील खरिद गरेको थियो ।

नयाँ खरिद गर्न प्रस्तावित आइडीटी अर्थात इन्टिग्रेटेड डिभाइस टेक्नोलोजीमा विश्वभर एक हजार ७०० कर्मचारी कार्यरत छन् । यस कम्पनीले सन् २०१७–१८ मा करिब ८४ करोड २८ लाख बराबरको कारोबार गरेको थियो ।