२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितले १८ वर्षदेखि लालपुर्जा पाएनन्



अ+ अ-

कावासोती, २७ भदौ (रासस) ः विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो ।

विसं २०५७ मा विस्थापित भएकाले ती जनताले १८ वर्ष हुदाँ पनि प्रशासनले दश धुरका दरले दिएको जमीनको लालपुर्जासमेत पाउन सकेका छैनन् । यस अघि विसं २०४५ र २०५० मा विस्थापितलाई पनि जिल्लाकै विभिन्न स्थानमा राखिएको छ ।

तर उनीहरुले पनि आफूले बसोबास गरेको जमीनको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् ।
२०५७ मा विस्थापित साविक कोल्हुवा गाविस नन्दपुरका ९७ घर धुरीमध्ये ९४ घरपरिवारलाई कोल्हुवाटारमा राखियो । जिल्ला प्रशासनको नाममा दुई विगाह ६ कठ्ठा १२ धुरजग्गा खरीद गरी विस्थापितलाई राखिएकोमा यस स्थानमा बस्ने बाढी पीडितले भोगचलन गर्दै आएको प्रशासनले दिएका जग्गा आफ्नो नाममा दर्ताका लागि विसं २०५८ देखि आवाज उठाउँदै आएका छन् ।

तर उनीहरुका आवाज अझै सुनुवाइ भएको छैन । विसं २०५८ पुस २६ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुराज कुसुमको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले प्रशासनको नाममा जग्गा खरीद गर्ने निर्णय गरेको थियो ।
प्रशासनले खरीद गरेको जग्गामा बसोबास गर्दै आएकाहरुको नाममा जग्गा दर्ता गर्न विसं २०६९ चैत्र ४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले गृहमन्त्रालय विपद् व्यवस्थापन शाखाका लागि निवेदन लेखेको भए पनि त्यस यता गृहमन्त्रालयबाट बाढीपीडितको नाममा जग्गा दर्ताका लागि कुनै पहल नभएको भूमि अधिकार मञ्च नवलपरासीका अध्यक्ष पुर्णबहादुर बोहराले बताउनुभयो ।