२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्ता नभएको औषधि बिक्री गर्ने पक्राउ



अ+ अ-

गोरखा, २७ भदौ (रासस) ः औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित रफियावाद कलसाहजारापुर स्थायी घर भएका ३२ वर्षीय ररबर मोहमद, २६ वर्षीय रफी मोहमद र २३ वर्षीय जान मोहमद रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

उनीहरुले कम्मर दुखेको, खुट्टा दुखेको, पिनास, टाउको दुखेको औषधि भन्दै अवैध औषधि सर्वसाधारणलाई बिक्री गर्दै हिँडेका थिए । पक्राउ परेका तीनैजनाको साथबाट धतुरेको तेल, खुजुलीको औषधि, भियग्रा, पाइल्सका औषधिलगायतका औषधि भनिएका तेल, ट्याब्लेटलगायत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिनुभयो । बरामद गरिएका २४ थान झोल पदार्थ, १० थान ट्याब्लेट, १० वटा बट्टामा रहेका विभिन्न औषधिमा कुनैमा पनि ब्याच, नम्बर उल्लेख नभएको, लेभल नभएको तथा उत्पादन र प्रयोग गर्ने अवधिसमेत उल्लेख नभएको पाइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीले विभिन्न प्रकारका केमिकल मिसिएको हुन सक्ने प्रहरी प्रमुख नेपालले जानकारी दिनुभयो । उनीहरुले सर्वसाधारण झुक्याउँदै ती सामग्री महँगो बेच्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।