२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी पनि माल्दिभ्स बाधक बन्यो नेपालको फुटबलमा



अ+ अ-

फेरी पनि माल्दिभ्स बाधक बन्यो नेपालको फुटबलमा

बंगलादेशमा जारी १२ औं साफ सुजुकी च्याम्पियनसिपको नकआउट चरणमा नेपाल माल्दिभ्ससँग पराजित भएसँगै फाइलनको सपनामा ब्रेक लागेको छ। नकआउट चरणको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ३-० को गोल अन्तरले पराजित भएको हो।

बंगबंन्दु नेश्नल स्टेडियममा भएको खेलमा माल्दिभ्सका इब्राहिम वाहिदले दुई तथा अक्रम अब्दुल घानेले एक गोल गरेका हुन्।

खेलको सुरुवाती नवौं मिनेटमा नै नेपालका फर्वाडर विमल घर्तिमगरले फउल गरे छि माल्दिभ्सले फ्रि-किक पाएको थियो। डि-बक्सको एक याड बाहिरबाट पाएको फ्रि-किकलाई माल्दिभ्सका अक्रम अब्दुल घानेले सुन्दर गोलमा परिणत गरेका थिए।

त्यस्तै इब्राहिम वाहिदले ८४ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारे। यसपछि आक्रमक बनेको माल्दिभ्स पुनः दुई मिनेट नबित्दै इब्राहिम वाहिदले नै व्याक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनुश्चित गरे। उनले आफ्नो दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए।

सुरुवाती समय देखि नै नेपालले माल्दिभ्समाथि पकड जमाँदै केहि सुन्दर गोल गर्ने अवसर पाएको थियो। तर, सोहि अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपाल ३-० ले पराजित भएको हो। आफ्नै गल्तीका कारण नेपाल तीनै गोल खान पुगेको थियो।

माल्दिभ्सविरुद्ध नेपालको यो आठौं पराजय हो। अहिले सम्म १६ खेल खेल्दा चार खेल मात्र जितेको नेपालले चारै खेलमा बराबरी खेलेको छ।