२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी पनि माल्दिभ्स बाधक बन्यो नेपालको फुटबलमा



अ+ अ-

फेरी पनि माल्दिभ्स बाधक बन्यो नेपालको फुटबलमा

बंगलादेशमा जारी १२ औं साफ सुजुकी च्याम्पियनसिपको नकआउट चरणमा नेपाल माल्दिभ्ससँग पराजित भएसँगै फाइलनको सपनामा ब्रेक लागेको छ। नकआउट चरणको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ३-० को गोल अन्तरले पराजित भएको हो।

बंगबंन्दु नेश्नल स्टेडियममा भएको खेलमा माल्दिभ्सका इब्राहिम वाहिदले दुई तथा अक्रम अब्दुल घानेले एक गोल गरेका हुन्।

खेलको सुरुवाती नवौं मिनेटमा नै नेपालका फर्वाडर विमल घर्तिमगरले फउल गरे छि माल्दिभ्सले फ्रि-किक पाएको थियो। डि-बक्सको एक याड बाहिरबाट पाएको फ्रि-किकलाई माल्दिभ्सका अक्रम अब्दुल घानेले सुन्दर गोलमा परिणत गरेका थिए।

त्यस्तै इब्राहिम वाहिदले ८४ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारे। यसपछि आक्रमक बनेको माल्दिभ्स पुनः दुई मिनेट नबित्दै इब्राहिम वाहिदले नै व्याक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनुश्चित गरे। उनले आफ्नो दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए।

सुरुवाती समय देखि नै नेपालले माल्दिभ्समाथि पकड जमाँदै केहि सुन्दर गोल गर्ने अवसर पाएको थियो। तर, सोहि अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपाल ३-० ले पराजित भएको हो। आफ्नै गल्तीका कारण नेपाल तीनै गोल खान पुगेको थियो।

माल्दिभ्सविरुद्ध नेपालको यो आठौं पराजय हो। अहिले सम्म १६ खेल खेल्दा चार खेल मात्र जितेको नेपालले चारै खेलमा बराबरी खेलेको छ।