२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ



अ+ अ-

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्ने बताएका छन् ।

कास्की जिल्ला अदालत बार एशोसिएसनको नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले भने, ‘नेपालमा २५० वर्षदेखिको एकात्मक राज्य प्रणाली अन्त्य भई सङ्घीय राज्य व्यवस्था लागुभएकाले त्यसलाई सफल बनाउन प्रदेश बलियो हुनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्म अनुरुप सङ्घ, प्रदेश र स्थानीय तहबीच समुचित अधिकारको बाँडफाँड आवश्यक भएको उल्लेख गर्दै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीयतालाई बलियो बनाउन लागि भएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कास्की जिल्ला बार अदालतका नवनिर्वाचित अध्यक्ष मुक्तिनाथ सापकोटासहित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र प्रदान गरे ।