२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका विभिन्न स्थानमा आज दिनभर विद्युत कटौती



अ+ अ-
सडक विस्तारलगायतका कार्यमा सहजीकरण गर्न राजधानीका विभिन्न स्थानमा आज विद्युत कटौती गरिने भएको छ । बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज केही घण्टा लोडसेडिङ हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडक विस्तारको लागि विद्युत आपूर्ति बन्द गरिएको हो ।  प्राधिकरणका अनुुसार आज बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्तभार कटौती हुनेछ । जसका कारण  पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्मको भागमा विद्युत् आपूर्ति बन्द भएको छ ।
प्राधिकरण अन्तर्गतको वितरण केन्द्रले बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि दिउँसो ३ बजेसम्म लोडसेडिङ हुने जनाएको छ ।