२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण अस्पताललाई जापानी सहयोग



अ+ अ-

काठमाडौं, असोज १० गते । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका लागि जापान सरकारकाबाट तर्फबाट उपलब्ध गराइएका चिकित्सा उपकरण एक समारोहबीच शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

जापानले उपलब्ध गराएका सामग्रीको मूल्य करिब ६९ करोड ३० लाख रहेको नेपालस्थित जापानी राजदूतावासका सांस्कृतिक विभागका इश्वरी प्रसाद भट्टले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालको क्षमता निर्माणमा जापान सरकारले सन् १९९२ देखि नै विभिन्न सहयोग गरिआएको छ । राजधानीको अति व्यस्त यस अस्पतालमा बिरामीको आवश्यकतालाई मध्यनजर गरी जापानको सहयोग निरन्तर जारी रहेको पनि दूतावासले जनाएको छ ।

पछिल्लो सहयोगबाट म्याग्नेटिक रिसोनेन्स इमेजिङ (एमआरई), एक्सरे इमेजिङ उपकरण, इन्डोस्कोपी र स्टेरिलाइजर समेतका अत्याधुनिक उपकरण खरिद गर्नुका साथै अस्पतालको भवनको छाना र भुइँतलालाई जिर्णोद्धार गरिनेछ ।

सो अवसरमा राजदूत साइगोले उक्त सहयोगबाट सहज मूल्यमा बिरामीले गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धमा यो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।




भर्खरै