२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र



अ+ अ-

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रियोस् भन्ने चाहेको बताए । उनले नेपाली जनताको सुविधाका लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र गतिमा भइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्म ट्याङ्करमार्फत तेल आयात भइरहेको छ । प्राकृतिक विपद्को बेला पेट्रोलियम पदार्थ आयात गर्न समस्या हुन्छ । त्यसैले भारतीय आयल कर्पोरेशनको ३२२ करोड भारतीय रुपैयाँको लगानीमा पाइप लाइन निर्माण भइरहेको छ ।’

नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेको उक्त ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको समीक्षा गर्न आफू नेपाल भ्रमणमा आएको उनले बताए । मन्त्री प्रधानले पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि पेट्रोलियम पदार्थका क्षेत्रमा देखिएका समस्या र झन्झट हट्ने दाबी गरे । अन्तराष्ट्रियस्तरको परियोजनाका रुपमा सबैभन्दा पहिले अमलेखगन्ज–मोतिहारी पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाइ छ । उनले भने, ‘तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि अहिले जुन गतिमा काम भइरहेको छ । यसले एक वर्षमा पाइपलाइन निर्माणको काम सम्पन्न हुन्छ ।’

उनले पाइपलाइनबाट तेल आउन थालेपछि सबै प्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्यसमेत घट्ने बताए । मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए । जनकपुर आउनुअघि दुवै मन्त्रीले धनुषाको धनुषाधाममा ‘चालक तालीम केन्द्र’ को उद्घाटन गरेका थिए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री प्रधानले संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।




भर्खरै